नेकपा (एस)का अध्यक्ष माधव नेपालले एमालेको भविष्य नभएको बताएका छन् ।
धादिङ गल्छी गाउँपालिकामा आयोजना गरिएको नेकपा (एस)को अधिवेशनलाई सम्बोधन गर्दै उनले स्थानीय तहको चुनावमा एमालेलाई धुलो चटाउने बनाएका छन् ।
‘राष्ट्रिय सभा निर्वाचनमा केपी ओलीको पार्टीलाई धूलो चटाइदिऔं, त्यसैले त्यो पार्टीको भविष्य छैन,’ उनले भने, ‘विचराहरूको अनुहार चाउरिएको छ, बर्बराउन थालेका छन् । गालीगलौज गर्न थालेका छन्, उनीहरूसँग कुनै तर्क छैन, आँट पनि छैन ।’
स्थानीय चुनावमा एक्लै जित्ने ठाउँमा एक्लै लड्ने र अन्यत्र ठाउँमा तालमेल गरिने उनको भनाइ छ ।
उनले गाउँगाउँ, पालिका, वडामा कमिटी बनाउन र निर्वाचनका लागि परिचालन हुन कार्यकर्तालाई निर्देशनसमेत दिए ।








































