- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गठबन्धनबारे कांग्रेसमा दुइटा धार र विचार रहँदैनन्ः रमेश लेखक

March 12, 2022
422
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले पार्टीभित्र निर्वाचनमा गठबन्धन गरेर जाने वा नजाने भन्ने विचारलाई संश्लेषण गरेर एकमतले निर्णय गरिने बताएका छन् ।


नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “नेपाली कांग्रेसमा गठबन्धन गरेर जानुपर्छ भन्ने र एक्लै लड्नुपर्छ भन्ने दुइटा धार या विचार छन् । पार्टीले संस्थागत निर्णय नगरेसम्म दुइटा धार या विचार हुनु स्वाभाविक हो । यसले ठीक कुरा निकाल्न सहयोग हुन्छ । पार्टीले एउटा विचार बनाएपछि हामी त्यसलाई मानेर जान्छौं ।”
पार्टी सभापति शेरबहादुर देउवाले ७७ जिल्लामा पठाएका केन्द्रीय प्रतिनिधिको सुझाव अनुसार औपचारिक निर्णय हुने जानकारी पनि दिए । लेखकले भने, “कांग्रेसले एक्लै जाने कि संस्थागत रुपमा जाने भनेर संस्थागत निर्णय गरेको छैन ।

गठबन्धन सरकार त छँदै छ । गठबन्धन बलियो बनाएर जानुपर्छ भन्ने कुरामा द्विविधा भएन । गठबन्धन गर्दा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । स्थानीय तहमा गठबन्धन हुन्छ वा हुँदैन, हुन्छ भने कसरी हुन्छ ? सभापतिले ७७ जिल्लामा पठाएका प्रतिनिधिले दिएका राय अनुसार निर्णय हुन्छ ।”
निर्वाचन खर्चिलो हुँदै जाँदा राजनीतिक पद्धति दूषित हुने उनले औंल्याए । नेता लेखकले थपे, “निर्वाचन जति खर्चिलो हुन्छ, राजनीतिक पद्धति त्यति दूषित हुँदै जान्छ । निर्वाचन आयोग उम्मेदवारको खर्चको सीमा तोकेको छ । त्यसलाई सम्बन्धित निकायले कडाईका साथ अनुगमन गर्नुपर्यो । दलहरुले पनि सीमाभित्र रहन उम्मेदवारहरुलाई प्रोत्साहित गर्नुपर्यो । यो निर्वाचन आयोगको मात्र नभएर सबै दलहरुको सरोकारको विषय हो ।”


उनले जनतामा नेपाली कांग्रेसप्रति आकर्षण बढेको पनि बताए । उनले भने, “नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो पार्टी हो । आम कार्यकर्ता र जनतामा उत्साह र आकर्षण कांग्रेसप्रति छ । हामीले आफ्नो कुरा जनतालाई बुझाउन सक्ने हो भने जित सुनिश्चित छ ।”
शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री हुनुभयो, तपाईं पनि पटक पटक मन्त्री हुनुभयो, सुदूरपश्चिम प्रदेशमा विकास त गफ मात्र भयो नि पत्रकार धमलाको प्रश्नमा कांग्रेस नेता लेखकले भने, “सुदूरपश्चिममा सबे काम भइसके, गजब भएको छ म भन्दिनँ, तर केही पनि भएको छैन भन्ने कुरा सत्य होइन ।

- ADVERTISEMENT -

Advertisement

कमीकमजोरी भएका छन् । खासगरी पछिल्लो चार वर्षमा नेकपा र केपी ओलीको सरकार बनेपछि पुराना पनि रोकिए, नयाँ अघि बढेनन् । अब हामी सुशासनसहित आर्थिक समुन्नतिको बाटोमा अघि बढ्छौं ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com