- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

राजेश हमालले भने- ‘महानगरको मेयर बन्नुपर्छ कि भनेर व्यङ्ग्य गरेको हुँ’

March 12, 2022
675
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ । अभिनेता राजेश हमालले काठमाडौँ महानगरपालिकाको मेयर बन्ने कुरा व्यङ्ग्यात्मक भएको बताएका छन् । शुक्रबार आफ्नो स्वरमा रहेको गीतको रिलिज कार्यक्रममा हाल चर्चित ‘मेयर बन्नुपर्छ कि क्या हो’ भन्ने प्रसङ्गमा हमालले आफूले व्यङ्ग्यात्मक रूपमा उक्त कुरा भनेको बताएका हुन् ।

काठमाडौँको सौन्दर्यीकरणमा कसैले पनि ध्यान नदिएकाले पनि आफूले उक्त कुरा भनेको हमालले बताए । ‘कुनै नराम्रो शहरमा पनि केही न केही सुन्दर पक्ष हुन्छ । तर, काठमाडौँमा केही पनि छैन । परिवारसँग समय बिताउने स्तरीय स्थानसमेत छैन । यसतर्फ कसैको ध्यान छैन । केही न केही त हुनुपर्छ शहरमा भनेर मैले व्यङ्ग्य गरेको हुँ,’ उनले भने ।

हमालको एकल स्वरमा ‘गाउँले ठिटो’ बोलका गीत र भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गीतमा गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ ।

गीतमा रोजगारीका लागि बिदेसिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय व्यक्ति बनेको कथा देखाइएको छ । भिडियोमा हमालका साथै उत्तम केसी, गोविन्द भट्ट, एस.के. दाहाललगायतको अभिनय रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com