प्रवासका विभिन्न देशमा छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको बार्षिक साधारण सभा नेपाली मिति २०७८ फागुन २९ गते आईतबार तद अनुसार सन २०२२ मार्च १३ तारिख आईतबार नेपाली समय साँझ ५ बजे बाट विधुतिय माध्यम (जुम) प्रविधी बाट तय गरिएको जानकारी प्राप्त हुन आएको छ।
विनय अधिकारीको नेतृत्वमा रहेको संस्थाले नेपाल सरकारका पुर्व प्रधानमन्त्री समेत रहनु भएका सम्पु्र्ण गोरखालीहरुका अभिभावक डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा गर्न लागीएको जानकारी प्राप्त हुन आएको छ।
समाजले बार्षिक साधारण सभामा सम्पु्र्ण देशमा रहेका गोरखा समाज , गोरखा जिल्ला बाट प्रतिनिधित्व गर्ने राजनितिक दलका जिल्ला नेतृत्व, दुवै निर्वाचन क्षेत्रका माननियहरु ,राजनितिक दलका शिर्ष नेतृत्व, स्थानिय तहका प्रमुखहरु,समाजका संरक्षकहरु,सल्लाहकार परिषद सदस्यहरु लाई निमन्त्रणा पठाऊनुका साथै सम्पुर्ण स्वदेश, प्रवासमा रहेका गोरखालीहरु लाई सहभागिता जनाऊन अनुरोध गरेको विषय जानकारी समाजका संस्थापक महासचिव हालका नेपाल संयोजक विनोद पोखरेल ले जानकारी गराऊनु भएको छ।