पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र ध्वस्त हुँदै गएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारीको पोखरामा सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब देशको अर्थ कस्तो हुँदैछ ? विचार गर्नुस् त ? ध्वस्त हुँदैछ देशको अर्थतन्त्र
उनले महान नेपाली जनताको साथ नेकपा एमालेलाई भएको पनि दाबी गरे ।
‘हामीले दृढतापूर्वक देशको राजनीति बिग्रन नदिन निर्वाचनका माध्यमबाट नै हामी सडकमा गइराख्नपर्ने अवस्थामा छैनौं । हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौं । महान जनताको साथ हामीसँगै छ’, ओलीले भने ।
उनले अघि भने, ‘हामी हाम्रो देशका सार्वभाैम जनता हौं । यसमा हामी तलमाथि हुन दिँदैनौं । तलमाथि गर्दैनौं । अब, आज हामीले देश कसरी बनाउने ? दुई धारमा देशको राजनीतिक शक्तिहरू बाँडिएको छ । एउटा, लोकतन्त्रको पक्षमा, अर्को जाल झेल, षडयन्त्र तिक्डममा जाली फटाहाहरूको राजनीति चलिरहेको छ ।








































