- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पत्रकारलाई ओलीको सुझाव- फेसबुकमा अनावश्यक स्टाटस नलेखौँ

March 11, 2022
460
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालहरूमा फाल्तु कुरा नलेख्न पत्रकारहरूलाई सुझाव दिएका छन् । 

एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले अरूको समय बर्बाद गर्ने गरी स्टाटस नलेख्न ओलीले सुझाव दिएका हुन् । 

‘हामी यस्तो चिज मात्र लेखौँ जुन सही उचित हुन सकोस् । हामी यसरी फेसबुक नलेखाैं- तिर्खा लाग्यो पानी पिउँ कि क्या हो ? फेरि फेसबुकमा लेख्यो पानी खाएको कस्तो मजा आयो । यसरी फेसबुकमा नलेखौँ,’ ओलीले भने, ‘हाम्रो जिन्दगी यति अमूल्य छ, खेर नफालौँ । हाम्रो लेखाइले अरूको समय बर्बाद नगरिदिओस्, बरू केही फाइदा गरोस् । हामीले हाम्रो समय, बुद्धि र ज्ञानको सदुपयोग गर्नुपर्छ ।’

आजको सञ्चार क्षेत्रले देशका निम्ति, सुशासन, विकासका निम्ति, वातावरणीय सन्तुलनका निम्ति, पर्यावरणीय सन्तुलन कायम राख्नका निम्ति कलम चलाउनु पर्ने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com