Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५०:१५ बिहान
- ADVERTISEMENT -

फेरि बढ्यो ब्रोइलर कुखुरा मासुकाे मूल्य

प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार

680
Shares

काठमाडौँ — राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य फेरि बढाएको छ । दानाजन्य कच्चा पदार्थको मूल्य निरन्तर बढेको जनाउँदै संघले यसअघि बढाएको चार दिन नबित्दै फेरि नयाँ मूल्य कायम गरेको हो ।

संघले यसअघि फागुन २३ गतेदेखि लागू हुनेगरी जिउँदाे ब्राेइलर कुखुराकाे मूल्य प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ९० रुपैयाँ तोकेको थियो । शुक्रबारदेखि थप १० रुपैयाँ बढाएर प्रतिकिलो ३ सय रुपैयाँ पुर्‍याइएको संघका सचिव देवकुमार गिरीले बताए । रुस युक्रेन युद्धकै कारण दानाको कच्चा पदार्थ भाउ अत्याधिक बढेको उनले बताए । ‘दानाका लागि चाहिने मकै, भटमासका कन्टेनरहरु आयात हुन सकेको छैन । समयमै पर्याप्त आयात नहुँदा यहाँ महँगो भइरहेको छ, त्यसको प्रभाव कुखुराको मूल्यमा पनि परेको छ,’ उनले भने ।

यसअघि माघ २३ गते प्रतिकिलो जिउँदो ब्रोइलरको मूल्य २ सय ४० रुपैयाँ थियो । त्यसपश्चात मूल्य निरन्तर बढेको छ । संघले फागुन ६ गते मूल्य बढाएर २ सय ६० रुपैयाँ, फागुन १४ गते फेरि बढाएर २ सय ७० रुपैयाँ पुर्‍याएको थियो । फागुन १८ गते २ सय ८० रुपैयाँ, २३ गते २ सय ९० पुर्‍याइएको थियो । जिउँदो ब्रोइलरको मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि उच्च कायम भइरहेको छ । व्यवसायीका अनुसार काठमाडाैं उपत्यकामा तयारी मासुको खुद्रा मूल्य प्रतिकिलो ४ सय ३० रुपैयाँ हाराहारीमा बिक्री भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -