काठमाडौ : नेपाल ईन्जिनियर्स एसोसिएसन को ३३ औं केन्द्रिय समिती निर्माणका लागि भोलि निर्वाचन हुने भएको छ ।
निर्वाचनका लागी भिनभिन्न समुहले आ-आफ्नै प्यानल बनाएर चुनावी मैदानमा उत्रेको अवस्था छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सिडेन पनि तेतिसौ केन्द्रिय कार्यसमितिको निर्वाचनमा होमिएको छ ।
यही फागुन २७ गते नेपाल ईन्जिनियरिङ एसोसिएसन का २३०० दर्तावाला मतदाता इन्जिनियरले नेपाल ईन्जिनियरिङ एसोसिएसनको नयाँ नेतृत्वका लागि मतदान गर्दैछन ।
सिडेनले डा ई हरि बहादुर दुर्लामीको नेतृत्वमा उपाध्यक्ष ई नारायण अधिकारी , महासचिव ई रवि भूषण झा , उप- महासचिव ई सरोज धिताल , कोषाध्यक्ष ई दिनेश त्रिपाठी , सह-कोषाध्यक्ष दिपक अधिकारीलाई निर्वाचनमा होमाएको छ ।
त्यस्तै , दोस्रो कार्यकारिणी वागमती प्रदेशका लागि ई रोहिणी पौडेलको नेतृत्वमा ई. सुरेन्द्र कैनी , ई दिनेश न्यौपाने , ई डा विजय थापा , ई विपिन भुषाल क्रमश : उपसभापति , सचिव , सह-सचिव र कोषाध्यक्षको टिम चुनावी मैदानमा होमिएको छ ।
केन्द्रिय कोषाध्यक्ष उम्मेदवार दिनेश त्रिपाठीका अनुसार सिडेनको लोकतान्त्रिक समुहलाई देशभरका ईन्जिनियर बाट राम्रो साथ र समर्थन रहेको छ ।








































