काठमाडौँ, शनिबार, २१ फागुन २०७८ । सिमपानी अनलाइन मिडियाद्वारा संचालित सिमपानी न्युज डट कमले ५ औँ वार्षिक उत्सब मनाएको छ ।


जापानको टोकियोबाट सुरु भएको सिमपानी न्युज को यात्रा आज पाचौ वर्षमा प्रबेश गरेको हो ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतको प्रमुख आथित्यतामा, अतिथि, समाजसेवी, पत्रकार लगायत अन्य महानुभावको उपस्थितिमा नयाँ बजारमा अवस्थित सगुन क्याफेको हलमा आफ्नो ५ औँ वार्षिक उत्सब मनाउन सफल भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतको हातबाट पानसमा बत्ति बालेर विधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । साथै, उक्त कार्यक्रममा समाजसेबी, पत्रकार, सहयोगी लगायत प्रमुख अतिथि, अतिथि महानुभावलाई मायाको चिनो, सम्मान पत्रले सम्मनित गरिएको थियो ।













































