Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:३४ दिउँसो
- ADVERTISEMENT -

रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढयो

प्रकाशित मिति: २०७८ फागुन १९, बिहीबार

449
Shares

काठमाडौं, १९ फागुन २०७८ । माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार माघ महिनामा मात्र ५४ हजार ४७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिएको छ ।

पछिल्लो समय कोरोना महामारी मथ्थर हुँदै गइरहेकाले पनि विभिन्न राष्ट्रहरुबाट कामदारको माग आएको हुँदा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पनि बढ्दै गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुषालले बताउनुभयो । जसमध्ये ५० हजार ५३० जना पुरुष रहेका छन् भने तीन हजार ९४० जना महिला रहेका छन् ।

गत पुस महिनामा ६६ हजार ६२५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालू आवको साउन महिनामा २५ हजार ४२८ जना,भदौमा ३६ हजार ४०,असोजमा ३९ हजार ६७१,कार्तिकमा ५४ हजार ९१८ र मंसिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको थियो । तर, पुस र माघ महिनामा आएर संख्या बढ्ने क्रम रोकिएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र युएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत र ओमानलगायतका देशमा पनि नेपाली गइरहेका छन् । माघ महिनामा जाने अधिकांश अदक्ष माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने अधिकांश अदक्ष जनशक्ति रहेका छन् ।

वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार ५४ हजार ४७० जनामध्ये २८ हजार ३२१ जना अदक्ष जनशक्ती रहेका छन् । जसमध्ये पुरुष २६ हजार ३३७ छन् भने महिला एक हजार ९८४ जना रहेका छन् । भिजिट भिसामा विदेश जने बढे पछिल्लो समय भिजिट भिसामा विदेश जानेको संख्या बढ्दै गएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्ल्लो समय भिजिट भिसामा बाहिर जानेको संख्या बढ्दै गएको देखिएको छ ।

विभागका अनुसार सन् २०२० मा ३७ हजार ६८४ जना भिजिट भिसामा विदेश गएका थिए । सन् २०२१ मा ९० हजार ८८३ जना भिजिट भिसामा विदेश गएका छन् । यस्तै सन् २०२२ मा हालसम्म १४ हजार ८२४ जना भिजिट भिसामा विदेश गएका छन् ।

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड निर्माणको गृहकार्य हाल अत्यावश्यक अवस्थामा मात्र भिजिट भिसा खुला गरी नयाँ मापदण्ड बनाउन लागिएको छ । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले नयाँ मापदण्डको तयारी गरेको छ । कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -