रौतहट, १६ फागुन २०७८ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको हिजो अख्तियार अनुसन्धान कार्यालय काठमाडौं टोलीले छापा मारेर मेयर सहित ४ जनालाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय देशको गरिमामय जिम्मेवार संस्थाको रूपमा चिनिएको छ तर अख्तियारले छापा हान्दा गोप्य रूपमा हुनुपर्छ त्यही बेला पत्रकारको उपस्थिति हुनु र पैसा एवं चेक दिने व्यक्ति त्यहीँ क्रममा पुग्नु सिधै षड्यन्त्र देखिएको छ ।
अख्तियारले पनि केही राजनीतिक दलको इशारामा हिडेको पुष्टि भएको देखिन्छ । जनताको मतबाट निर्वाचित रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख तथा जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेललाई कार्यालयबाट गुण्डासैलीमा लोकतन्त्रको खिल्ली उडाउँदै हिजो बेलुका अख्तियार अनुसन्धान कार्यालयले पक्राउ गरेको कार्य समाज र देशको लागि गलत सन्देश दिन खोजेको भन्दै बौधिमाई नगरपालिकाका नगर प्रमुख राजीव रंजन यादवले घोर भत्सर्ना गरेका छन ।
- ADVERTISEMENT -
एउटा राजनीतिककर्मी र मेयर जस्तो व्यक्तिमाथी राजनीतिक प्रतिशोधको अधिनमा लागेर फसाउने कार्य निन्दनीय हो । यस घटनाको सुक्ष्म ढंगले सत्य तथ्य छानबिन गरी षड्यन्त्र रचने जुनसुकै व्यक्ति भएपनि त्यसलाई कानुनको दायरामा ल्याउन जोडदार माग मेयर यादवले गरेका हुन ।
असत्य माथि सत्यको विजयी अनिवार्य हुनेछ सम्पूर्ण रौतहटबासीले त्यो षड्यन्त्रकारीको अनुहार बढो राम्रोसँग चिनिने छ राजनीतिक चरित्र हत्या गर्नेलाई समाजले नाङ्गो पार्छन् उनले भने ।