काठमाडौं, आइतबार, १५ फागुन २०७८ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा एमसीसी अनुदानसम्बन्धी विस्तृत छलफल सुरू भएको हो ।
यसअघि आजै बसेको प्रतिनिधि सभाको पहिलो बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो ।
उक्त बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए ।
एमसीसीलाई पारित गराउनका लागि आजै दोस्रो बैठक राखिएको हो ।
बैठक रोकेर मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले एमसीसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद बैठकले पेस गर्ने निर्णय गरेकोबारे सदनलाई जानकारी गराएका थिए । मन्त्री शर्माको प्रस्ताव संसदले स्वीकृत गरिसकेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको विरोध जारी रहेको छ । एमालेको नाराबाजीकाबीच दोस्रो बैठकमा छलफल शुरु भएको छ ।








































