काठमाडौँ, आइतबार, १५ फागुन २०७८ । आज प्रतिनिधिसभा (संसद) बैठक बस्ने भएको छ । गत शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले आजका लागि सरेको हो ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना टाँसेर आइतबारसम्मका लागि संसद स्थगित गरेको जानकारी दिनु भएको थियो ।
संसद बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)माथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची भए पनि दलहरूमा सहमति नभएपछि बैठक स्थगित भएको थियो ।
संसदबाट एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर वार्ता गरिरहेका छन् । दुई नेताबीच सहमति हुन सकेको छैन । यसैबीच अमेरिकाले एमसीसी पास गर्ने अन्तिम मिति भोलिसम्म दिएको छ ।
बैठक दिउँसो १ बजे बस्ने भएको छ ।








































