Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:३२:३८ राति
- ADVERTISEMENT -

रुसी आक्रमण जारी : युक्रेनसँग वार्ता गर्न शर्तसहित तयार

प्रकाशित मिति: २०७८ फागुन १४, शनिबार

546
Shares

मस्को, शनिबार, १४ फागुन २०७८ । युक्रेनमा विहिबारदेखि आक्रमण थालेको रुस वार्ताका लागि तयार देखिएको छ । रुस आक्रमणको प्रतिरक्षाका लागि युक्रेन सरकारले आफ्ना १८ हजार स्वयंसेवक नागरिकलाई आज मात्रै मेशिन गन वितरण गरेको थियो ।

बिहीबारदेखि रुसले युक्रेनका विभिन्न सहरहरुमा आक्रमण गरिरहेको छ । रुसले गरेको हमलामा १ सय ४० जना युक्रेनी नागरिकको मृत्यु भएको युक्रेन सरकारलाई अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले बेलारुसको मिन्स्कमा युक्रेनसँग कुराकानी गर्न सकिने बताएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

युक्रेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध भएपछि रुस चिढिएको हो । त्यसैले उसले युक्रेन नेटोमा आबद्ध हुन नहुने सर्त राखेको छ ।

युक्रेनलाई ‘तटस्थ घोषणा गर्नका लागि रुसले वार्ता गर्न चाहेको रुसी समाचार संस्था आरआईएले जनाएको छ । युक्रेनले सेनाको संख्यामा समेत कटौती गर्नुपर्ने पनि रुसको शर्त छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि रुसका राष्ट्रपति पुटिनसँग वार्ता गर्नका लागि अपिल गरेका थिए ।

यसअघि पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण संघर्षपछि पनि सन् २०१४ र २०१५ मा मिन्सकमै सम्झौता भएको थियो ।

सन् २०१५ को फेब्रुअरीमा मिन्स्कमा जर्मनी र फ्रान्सका नेताको उपस्थितिमा रुस र युक्रेनबीच सम्झौता भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -