- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गण्डकी गाउँपालिका भुम्लिचोकमा प्रहरी चौकी समुद्घाटन

February 23, 2022
405
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, बुधबार, ११ फागुन २०७८ । गोरखाको गण्डकी गाउँपालिका भुम्लिचोकमा प्रहरी चौकी समुद्घाटन गरिएको छ ।

गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगर अध्यक्षतामा, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा, नेपाल प्रहरीका प्रहरी उपरीक्षक शेखर खनाल, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निरिक्षक सुदिप अधिकारी, ससस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक रमेश थापा मगर, गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारी, राजनीतिक दलका प्रतिनिधि गण्डकी गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, शिक्षकवर्ग, कर्मचारीहरु तथा अन्य अतिथि महानुभावको उपस्थितिमा आज बुधबार उद्घाटन गरिएको छ ।

गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर भण्डारीले बिशेष धन्यबाद सहित अतिथि महानुभावहरुमा स्वागत मन्तब्य राख्नु भएको थियो ।

साथै, उक्त कार्यक्रममा गण्डकी गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष जीवन गुरुङले कार्यकालको उतरार्धमै भए पनि प्रहरी चौकी स्थापना हुनु खुशीको कुरो रहेको धाराणा ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, राजनैतिक दलका प्रतिनिधि भिम श्रेष्ठले जनप्रतिनिधिहरुको कार्यकालको उत्तरार्धमै भए पनि प्रहरी चौकी स्थापना हुनु यस क्षेत्रको गर्वको बिषय रहेको धाराणा ब्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक शेखर खनालले प्रहरी चौकी स्थापनाका लागि नि: शुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरु र आबश्यक समन्वय गर्नुहुने गाउँपालिका अध्यक्ष होम बहादुर राना मगर लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्दै खटि आउने प्रहरी टिमले जनताका लागि शान्ति सुरक्षा र आबश्यक अन्य सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख जिल्ला अधिकारीले प्रहरीहरुलाई प्रभाव, दबाब र रबाफमा नपरी कानून सम्मत ढंगले जनताको सेवामा समर्पित हुन निर्देशन दिनु भयो । साथै, गाउँपालिका भित्र अध्यक्ष ज्यू, वडा अध्यक्ष ज्यूहरु र प्रतिनिधिहरु संग आबश्यक समन्वय गरि काम गर्न समेत निर्देशन दिनु भयो ।

गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले मुस्कान सहितको सेवा प्रवाह गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न आग्रह गर्नु भयो । प्रहरी चौकी स्थापनाको लागि आबश्यक सहयोग र समन्वय गर्नु हुने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा जग्गादाताहरुमा बिशेष धन्यबाद ज्ञापन कार्यक्रमको समापन गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com