- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

यूएई प्रहरीले पत्रकारलाई पक्राउ गरेकाे घटनाप्रति महासङ्घकाे ध्यानाकर्षण

February 23, 2022
584
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, ११ फागुन २०७८ । वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर यूएई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासङ्घले आज बुधवार विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रकार पाण्डेले नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा’ स्ट्याटस लेख्नुभएको थियो । त्यही स्ट्याटसलाई लिएर यूएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाइ त्यहाँको सेन्ट्रल जेलमा राखेको जानकारी प्राप्त भएको छ । पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा यूएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासङ्घलाई जानकारी गराएको छ ।

‘नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र यूएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाइ जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’, विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -

Advertisement

महासङ्घले यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाइका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र यूएईमा रहेको नेपाली दूतावासको ध्यानाकर्षण पनि गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com