काठमाडौं, ९ फागुन २०७८ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ ।
आइतबारको संसद बैठकमा सञ्चारमन्त्री कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेसंगै उनको सुरक्षा बढाइएको हो ।
सञ्चार मन्त्री कार्कीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ ।
एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -
सञ्चारमन्त्री कार्कीको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो ।