- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘संसदमा छलफलपछि मतदानमार्फत मात्र एमसीसी टुंगो लाग्‍ने हो’

February 20, 2022
256
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, ८ फागुन २०७८ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न बावजुतकाबीच संसदमा एमसीसी संसदमा टेबल भएको बताएका छन् । उनले पहिला नेकपा एमालेको प्रस्ताब गरेको एमसीसी अहिको सरकारले संसदमा पेस गरेको बताए ।

अहिले एमसीसीको भिम रावल जीले विरोध गर्नुभएको छ, रावल जीले अहिले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मालाई पहिला मुद्धाबाद भन्न सक्नुहुन्छ’ उनले प्रश्न गरे ।

उनले सरकारमा पनि बस्‍ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गरेर पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न आग्रह गरे ।

उनले भने, ‘अब यो प्रक्रिया अगाडि बढ्छ । यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन । सरकारमा पनि बस्‍ने अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने । यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ । आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ ।’

- ADVERTISEMENT -

Advertisement

उनले छलफलपछि मतदानमार्फत एमसीसी टुंगो लाग्‍ने बताए । उनले भने,‘अन्योल अलमलकाबीचमा अहिले संसदमा टेबल गरान आउँनु भएका साथीहरुले अर्को पटकको संसदमा पक्षमा मतदान गर्ने स्थानमा आईपुग्नु हुनेछ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com