काठमाडौँ, आइतबार, ८ फागुन २०७८ । अमेरिकी परियोजना (एमसीसी) संसदमा आज टेबल हुने भएको छ ।
संसदको कार्यसूची तय गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको लोसपाका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
यसअघि सत्तारुढ दलहरूको बैठकमा एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको थियो । यो सहमतिसँगै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी आजकै बैठकमा पेश हुने बताउनु भएको थियो ।
यसैबीच प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी परेको छ । संसद सचिवालयले जारी गरेकाे कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुदान सम्झाैता परियोजना पेश गर्ने तय भएको उल्लेख गर्नु भयो ।
- ADVERTISEMENT -