काठमाडौं, आइतबार, ८ फागुन २०७८ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसद अवरोध कायमै रहने बताएको छ ।
सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्ने भएको हो ।
लामाे समयदेखि संसदमा गर्दै आएको अवरोधलाई माग पूरा नभएसम्म निरन्तरता दिने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हामीहरूको माग पूरा नभएसम्म संसदमा अवरोध कायमै राख्छौँ’, विशाल भट्टराईले भन्नुभयो ।
गत २३ भदौ देखि आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ ।








































