काठमाडौं, शुक्रबार, ६ फागुन २०७८ । सभामुख अग्नि प्रसाद सापकोटा विरुद्ध महाअभियाेग राजनीतिक बाध्यता रहेको कांग्रेस नेता युवराज बस्ताकाेटीले बताउनु भएको छ ।
अमेरिकी सहयता मार्फत नेपालका दुई ठुला आयाेजना निर्माण गर्न गरिएको सहमति, मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( MCC) ले पेचिलाे र अस्थिर बनेकाे नेपाली राजनीति र यसले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावलाई जाेगाउन लागि परेका प्रधानमन्त्री शेर बहादुर देउवा सरकारकाे प्रयास विपरीत दाेहाेराे चरित्र प्रस्तुत गरिरहेको आज आफ्नो सामाजिक संजाल मार्फत उल्लेख गर्न भएको हो ।
प्रचण्ड र माधव नेपालका कारण साथै एमालेले गर्न सक्ने सम्भावित सहयोग प्रति ईङित गर्दै , नेपाली अर्थ राजनीतिका विश्लेषक तथा कांग्रेस नेता युवराज बस्ताकाेटीले टि्वट गर्दै सभामुखले समेत सरकारकाे विजनेसमा असहयोग गरेकाले उहाँ माथि अविस्वासकाे प्रस्ताव ल्याउनु पर्ने भएकाे छ, भनेका छन् ।
- ADVERTISEMENT -
प्रचण्ड – माधवले अन्तिम सम्म पनि सहयोग गरेनन् भने प्रधानमन्त्रीलाई एमालेसंगकाे मित्रता बाध्यता हुनेछ र प्रचण्डका पार्टी नेता अग्नी प्रसाद सापकोटा विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनेछ । साे बारे टि्वट गर्दै बस्ताकाेटीले लेखेका छन्, ” सभामुख बिरुद्ध महाअभियाेग राजनीतिक बाध्यता हुन पनि सक्ने भयाे ।
प्रचण्ड-माधवको दाेहाेराे चरित्र अविश्वास गर्न काफि छ ।”