महानगरीय प्रहरी वृत्त सातदोबाटो अपराध अनुसन्धान शाखामा दरबन्दी भई कार्यरत प्रहरी निरीक्षक हरि बहादुर वली उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत भएका छन । उनको उत्कृष्ट काम
यसमा महानगरीय प्रहरी वृत्त सातदोबाटो अपराध अनुसन्धान शाखामा दरबन्दी भई कार्यरत (कम्प्युटर कोड नं.४३८१५६, C-००११७६१६) प्रहरी निरीक्षक हरि बहादुर वली विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायीक, लगनशील, कर्तव्यनिष्ठ र उच्च मनोबलका साथ मिति २०७८।०१।१० गते देखि मिति २०७८।११।०५ गते सम्म अनुसन्धान अधिकारीको हैसियतले प्रभावकारी तवरले प्रहरी परिचालन मार्फत मिति २०७८।०३।२२ गते बेलुकाको समयमा ललितपुरको धापाखेल स्थित फुटसल ग्राउण्डमा खेलाडीहरु बिच दोहोरो ग्याङ फाईट हुंदा बिपक्षले रमेश तामाङको टाउकोमा फलामको रंङले प्रहार गर्दा गम्भिर घाईते भएकोमा अस्पताल पुर्याई प्रतिबादी मध्ये ११ जनालाई ऐ.ऐ.राती काठमाण्डौंको बालाजुबाट पक्राउ गरी कानुनी दायरामा ल्याएको, मिति २०७८।०५।०२ गते ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१३ कुसुन्ती स्थित शान्ता लामिछानेको घर फोडी सुन चाँदीका गर गहना, नगद रुपैया मोबाईल समेत गरी जम्मा रू.२४,१३,७००।–(पच्चीस लाख तेह्र हजार सात सय रुपैया) बराबरको धनमाल चोरी गर्ने सुजन लामा र बिक्रम पाख्रिन सहित ३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको, मिति २०७८।०६।११ र मिति २०७८।०७।१२ गते ललितपुर जिल्ला क्रमश लुभु र सातदोबाटो एरियामा डलर सटही गर्ने बर बहाना बनाई क्रमश रू.१०,००,०००।– र रू.५,००,०००।– रकम लिई डलर भनि कागजको नोट दिई ठगी गर्ने बिबेक कुमार पटेललाई सुक्ष्म अनुसन्धान गरी मिति २०७८।०८।२१ गते पक्राउ गरी कानुनको दायरामा ल्याएको, मिति २०७८।०६।१० गते अं.२३:३० बजेको समयमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.१४ शोभाहिटी स्थितबाट लागु औषध कारोबार गर्दै आएका हेमन खड्गी, रामसरन सुबेदी र गणेश अधिकारीलाई बा.१० च ३३०९ नं.को गाडीमा सवार रहेको अवस्थामा फेला पारी खानलतासी गर्दा २१२.७७ ग्राम लागु औषध खैरो हिरोईन सहित पक्राउ गरी कानुनको दायरामा ल्याएको, मिति २०७८।०७।०३ गते र मिति २०७८।०९।०१ गते ललितपुर जिल्ला लपु. म. न. पा. वडा नं.२३ हात्तिवन र १३ नख्खु स्थितबाट अबैध जुवा तास खल्ने १२ जनालाई पक्राउ गरी खालबाट रकम समेत बरामद गरी कानुनको दायरामा ल्याएको, मिति २०७८।०९।२२ गते बिहान ०६:०० बजेको समयमा ललितपुरको कात्तिकेडाँडा स्थित सडकमा बर्ष २७ को कुमार स्याङतानलाई मृत्त अवस्थामा फेला परेको घटना सम्बन्धमा अनुसन्धान गर्दा निजकै श्रीमती सुस्मिता सिङतानले कर्तव्य गरी मारेको भन्ने पत्ता लगाई निज सुस्मिता सिङतानलाई ऐ.२५ गते पक्राउ गरी कानुनको दायरामा ल्याएको, पठाउमा काम गर्दै आएका बर्ष २४ को प्रविन राईलाई मिति २०७८।१०।०८ गते राती ११:०० बजे काठमाण्डौको कोटेश्वरमा भेट भएका सुजन तामाङ भन्ने सुनिल सुस्लिङ मगरले सातदोबाटो देखि भित्र बस्छु मलाई पुर्याईदिनु भनि पिडितले चलाउदै आएको प्रदेश नं.२-०१-००१ प ११६६ नम्बरको मो.सा. पछाडी बसी ललितपुरको धापाखेल स्थित आँखिदह भन्ने ठाउँमा पुग्दा निज सुजन तामाङ भन्ने सुनिल सुस्लिङ मगरको साथी बिनराज राईले काठको दाउराले प्रहार गरी दुबै जना भई पिडितको हात खुट्टा बाधी टेप लगाई मो.सा. समेत चोरी गरी भागेकोमा प्राबिधिक पक्ष सुक्ष्म अनुसन्धान गरी ऐ.९ गते काठमाण्डौंको बलम्बु स्थितबाट प्रतिबादी बिनराज राई र सुमन तामाङ भन्ने सुनिल सुस्लिङ मगरलाई पक्राउ गरी हाल ज्यान मार्ने उद्योग र डाँका चोरी कसुर मुद्धामा अनुसन्धान गरी कानुनी दायरामा ल्याएको , फैसला कार्यान्वयनको क्रममा ८ बर्ष ८ महिना ९ दिन कैद सजाय रु. ७३,०७,६०० ।- ( तिरह्रत्तर लाख सात हजार छ सय ) जरीवाना भएका ३६ जना फरार प्रतिवादी पक्राउ गरि कानुनी दायरामा ल्याई प्रहरी संगठनको छबिलाई उच्च राख्न अहम भुमिका निर्वाह गरेको हुंदा तपाईलाई प्रहरी नियमावली अनुसार रू १,००० ।- ( एक हजार ) पुरस्कृत गरिएको छ ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -
प्रहरी निरीक्षक हरी वलि पुरस्कृत
February 18, 2022
425
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -