काठमाडौ : समाजसेवी बन्छु भन्न सजिलो छ तर बनेर समाजमा घुलमिल भएर समाजसेवा गर्न भने निकै कठिन हुन्छ । समाजसेवी हरुले समाजमा दुखी पिडित कोहि छन भने उनिहरुलाई आर्थिक , नैतिक के हुन्छ त्यो सहयोग गरेर उद्वार गर्ने हो ।
जेनिसा बोहोरा , झट्ट यो नाम तपाईले कतै न कतै त सुनेकै हुनपर्छ । सामाजिक संजालमा तपाईं सक्रिय हुनुहुन्छ भने यो नाम तपाईले बारम्बार सुनेको हुनुपर्छ । जेनिसा फौजी परिवारबाट हुन । उनी समाजसेवा गर्नकै लागि भनेर हुदाखादाको आर्थिक हिसाबले विलासी जागिर छाडेर नेपाल हानिन । उनले अहिले लाजिम्पाटमा एउटा रेस्टुरेन्ट संचालनमा ल्याएकी छन ।
होला , समाजसेवा गर्ने हरु सबै सहि हुनन । कतिपयले समाजसेवाकै भाडोबाट आफ्नो पनि जिविकोपार्जन गरिरहेका हुन्छन । सबैको यस्तो कुरा गरिरहदा जेनिसा भने यी कुराबाट टाढै छिन ।
एक दशक भन्दा लामो समयदेखि समाज सेवामा लागिरहनु भएकी जेनिसा बोहोरा धन सम्पत्तिको कुनै लोभ राख्नुहुन्न । उहाँ कसैले सहयोग गर्ला र आफू त्यो सहयोग पाउँला भन्ने कुनै स्वार्थ समेत राख्नुहुन्न। उहाँको समाजसेवाप्रतिको निःस्वार्थ यो भावनालाई देखेर अहिले समाजसेवा र मानवीय सेवाका नामा विकृती फैलाउनेहरुले केही सिक्न जरुरी छ ।
अब रहयो , उहालाई सम्मानको कुरा !! समाजमा ख्याति कमाएको मान्छेले सम्मान पाउनु नौलो कुरा होइन तर एकैपटक थुप्रै सम्मान पाउनु चाहिँ पक्कै आश्चर्यको कुरा हुन जान्छ । हो , जेनिसाको अहिले यस्तै भएको छ । उनी खासै सर-सम्मानमा जान रुचाउनन । उनको ध्य भनेको नै समाजमा जागरुकता फैलाउने निमुखा वर्गको सहारा बन्ने , हो त्यसैले होला उनलाई हप्तामा 4-5 ओटा अवार्ड आयोजक कम्पनीबाट फोन आउने गर्छ ।
उनी बताउछिन , ” म खासै सम्मानको भोगी मान्छे होईन मान्छेले काम राम्रो गर्यो भने त्यसैबाट मान्छेको परिचय हुन्छ भन्ने धारणाको मान्छेमा म पर्छु । “
उनलाई सरकारी संस्थान देखि निजि कम्पनीका हरेक अवार्ड कार्यक्रम हरुमा पहिले फोन आउने गर्छ । उनले समाजमा चालेको कदम एकदमै अतुलनीय छ ।








































