काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बिहिबार बिहान करिब ६ बजे बालाजुको गंगा हल अगाडि मिनीबसले ठक्कर दिँदा गम्भीर घाइतेका दुई जनालाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् ।
बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको थियो। बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।