Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:२७ दिउँसो
- ADVERTISEMENT -

दोश्रो लिगलिगे साइकल दौड प्रतियोगिता आगामी चैत ४ गते हुने

प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार

599
Shares

गोरखा, मंगलबार, ३ फागुन २०७८ । दोश्रो लिगलिगे साइकल दौड प्रतियोगिता आगामी चैत ४ गते हुने भएको छ । पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमा लिगलिग भिलेज स्पोटर्सले यही चैतको ४ गते साइकल दौडको आयोजना गर्ने भएको हो ।प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले ‘दोस्रो लिगलिगे साईकल दौड’ हुने जनाएको छ ।

५२.९ किलोमिटरको खुल्ला साइकल दौडमा पहिलो दोस्रो तेस्रो, देखि दशौँसम्म हुनेलाई क्रमसः २५ हजार, २०, १५, १०, पाँचहजार, दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय, तीन जनालाई प्रदान गरिने लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजिव राना मगरले बताउनु भयो ।

महिलातर्फ पनि सोही अनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । गण्डकी प्रदेशतर्फको प्रतियोगितामा पहिलोदेखि तेस्रो हुनेलाई नगद पाँच हजार, तीन हजार र दुई हजार पाँच सय प्रदान गरिने छ । यो बिधा पनि महिला र पुरुषका छुट्टाछुट्टै छन् ।

पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै बिजेता घोषाण गरिनेछ । प्रतियागितामा सहभागी हुन फागुन १० गतदेखि ३० गतेभित्र दर्ता गराउनुपर्ने छ। दर्ता शुल्क रु २ हजार तोकिएको छ ।

लिगलिगे साईकल दौडको फेसबुक पेजबाट अनलाई फर्म भर्न र ईसेवाबाट पनि रजिष्टेूशन गर्न सकिनेछ । खुल्ला रुपमा गर्न लागिएको उक्त प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

जसका लागि पालुङटार नगरपालिबाट पाँच लाख रुपैया विनियोजना गरिएको छ । पुरस्कार राशीका लागि युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशले दुईलाख रुपैयाँ उपलब्ध गराएको र बाँकी रकम जुटाउन बाँकी रहेको आयोजक संस्थाका प्रतिनिधि विजय पाण्डेले बताउनु भयो ।

सो कार्यक्रमका लागि गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, राइनास नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनु भयो । दौड प्रतियोगितामा सहभागी हुनका लाग फागुन १० गतेबाट रजिष्ट्रेशन खुल्ला गरिएको लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्जीव राना मगरले बताउनु भयो ।

लिगलिगको इतिहास, मौलिक संस्कृतिको जगेर्ना, वातावरण संरक्षणको सन्देश दिन वातावरण मैत्री साइकल संस्कारको विकास तथा विस्तार गर्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । यस प्रतियोगिताले स्थानिय संस्कृतिको संरक्षण, पर्या–पर्यटन तथा साहसिक खेलको विकास गर्ने आयोजकको विश्वास छ ।

लिगलिगकोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता आँपपिपल, हर्मी भञ्ज्याङ, थापागाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको रागिनास नगरपालिका ७ स्थित गरमबेशी, चेपे दोभान हुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ । त्यहाँबाट ताल पोखरी, ठाँटी पोखरी, लुईटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुग्ने गरी रुट तय गरिएको छ ।

‘पालुङटार र लिगलिगकोटको प्रचार प्रसार गर्नका लागि साईकल दौड राखिएको हो’, लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष राना मगरले भन्नुभयो , ‘एकदिन हामीले कार्यक्रम आयोजना गरेर वर्ष भरि साईकलयात्री यहाँ आउन र यहाँको आर्थिक गतिविधि बढोस् भन्ने चाहना हो ।’ प्रतियोगितापछि बिभिन्न समुहमा आउनेलाई सशुल्क साईकल रेस गराउने गरी टूेल पहिचान गरिने उहाँले बताउनुभयो ।

चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर राजा हुने परम्परा रहेको त्यहाँ साईकल रेस प्रतियोगिताले पालुङटारको पहिचान अझै बढ्ने नगरप्रमुख दिपकबाबु कँडेलले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -