- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्रीलाई महिला उद्यमीको ज्ञापनपत्र

February 14, 2022
665
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, २ फागुन २०७८ । महिला उद्यमीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाल, नेपाल महिला उद्यमी महासंघकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली, महिला उद्यमी विकास समितिकी सभापति रीता सिन्हा, महिला उद्यमी मञ्चकी संयोजक छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी सभापति शारदा रिजाल सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएको हो ।

अध्यक्ष रिजालले नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको बताइएको छ ।

सरकारले ७७ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना गर्ने व्यवस्था गरेको छ । औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि, २०७५ दफा ८.१ मा महिला उद्यमी विशेष औद्योगिक ग्रामको प्रावधानअनुसार महिला उद्यमीलाई उद्योगतर्फ आकर्षित र प्रोत्साहित गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने गरी सरकारले कार्यविधिको प्रावधानअनुरूप महिला उद्यमी विशेष औद्योगिक ग्राम घोषणा गर्न सक्ने व्यवस्था भए पनि हालसम्म घोषणा नभएको भन्दै प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

- ADVERTISEMENT -

Advertisement

दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा नेपालमा हरित औद्योगिक अवधारणालाई एकीकृतरूपमा जलवायु परिवर्तन अनुकूलन उपाय प्रवद्र्धन गर्न प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क स्थापना भइरहेको छ, जसलाई कृषि पर्यटन पार्कका रूपमा प्रवद्र्धन गरिने बताइएको छ ।

महिला उद्यमी संघ÷परिषद् र समितिका प्रतिनिधिले सरकारलाई प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको घोषणा गर्न र आयोजनाको सफल कार्यान्वयनका लागि बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com