Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१२:५८:१४ राति
- ADVERTISEMENT -

चाहेको खेलाडी रोज्ने प्रावधान रहेपनि सन्दीपको भाग्य खुलेन

प्रकाशित मिति: २०७८ फागुन २, सोमबार

605
Shares

काठमाडौँ, सोमबार, २ फागुन २०७८ । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२२ को अक्सनमा विक्नुभएन ।

यस सिजनको मेगा अक्सनमा लेग स्पिनर सन्दीपलाई कुनैपनि टोलीको बोली नलागेको हो । उहाँमाथि लगातार दोस्रो सिजन कुनैपनि टोलीले बोली लगाएनन् ।

सन्दीपले यसपटक अक्सनमा आफ्नो मुल्य भारु ४० लाख राख्नुभएको थियो । अक्सनको पहिलो दिन शनिबार ‘अनसोल्ड’ हुनुभएका सन्दीपलाई दोस्रो तथा अन्तिम दिन आइतबार साँझसम्म कुनै न कुनै टोलीले अनुबन्ध गर्ने झिनो आशा थियो ।

तर बैंगलोरमा भएको अक्सनको दोस्रो दिनपनि सन्दीपमाथि कुनै टोलीले चासो देखाएनन् । अन्तिम राउन्डमा हरेक टोलीले आफूलाई चाहेको खेलाडी रोज्ने प्रावधान रहेपनि सन्दीपको भाग्य खुलेन ।

आईपीएलमा यसपदक दुई टोली थप गरिएकोले पनि सन्दीप पर्ने आँकलन गरिएको थियो । तर आईपीएलले स्पिनरभन्दा अलराउन्डर र भारतीय युवा खेलाडीलाई बढी प्राथमितामा राख्नु तथा अघिल्लो संस्करणमा समेत सन्दीप ‘अनसोल्ड’ हुनुलाई यसपटक उहाँ नपर्नुको कारण मानिएको छ ।

सन्दीपलाई यसअघि सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले अक्सनबाट न्यूनतम २० लाख भारुमा किनेको थियो । सन् २०२० सम्म दिल्लीमा रहेका सन्दीपले नौ खेल खेल्दै १३ विकेट लिनुभएको थियो । गतबर्ष सन्दीपलाई दिल्लीले फुकुवा गरेपछि उहाँ खुला अक्सनमा जानुभएको थियो ।

उहाँ अक्सनमा रहने एक्लो नेपाली क्रिकेटर हुनुहुन्थ्यो । यस सिजनको आईपीएल अक्सनका लागि नेपालबाट सन्दीपसहित १५ खेलाडीले नाम लेखाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -