Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:१३ बिहान
- ADVERTISEMENT -

स्थानीय तहको निर्वाचनका लागि के–के गर्दैछ आयोग ?

प्रकाशित मिति: २०७८ फागुन १, आइतबार

687
Shares

काठमाडौं, आइतबार, १ फागुन २०७८ । सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ । सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोही मितिमा निर्वाचन सम्पन्न गर्न र आवश्यक जानकारी सर्वसाधरणलाई दिन आयोगले आजबाट निर्वाचन लक्षित पत्रकार सम्मेलन गर्न सुरु गरेको छ ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा (व्यवस्थापन) निर्देशिकाको मस्यौदा तयार गरिरहेको छ । मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका लगायतका निर्देशिकाहरुको मस्यौदा तयारी पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

‘यी निर्देशिकाहरु आयोगले स्वीकृत गरी क्रमशः लागू गर्दै जाने छ,’ उहाँले भन्नुभयो । निर्वाचन आयोग र अन्तरगत कार्यालयहरुको कार्यालय समय विहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने विदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने ब्यवस्था मिलाइएको छ ।

‘आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको संभाव्यताका सम्वन्धमा विज्ञहरुसँग भएको छलफल तथा परामर्श अनुसार यस सम्वन्धी कार्यको अध्ययन गरी सात दिन भित्र अध्ययन प्रतिवेदन पेश गर्न एक कार्यदल समेत गठन भएको छ,’ प्रवक्ता पौडेलले भन्नुभयो ।

आगामी दिनमा स्थानीय तह निर्वाचनका सबै क्रियाकलापहरुलाई समेट्ने गरी निर्वाचन आयोगको दैनिक ई–बुलेटिन समेत प्रकाशन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -