२८ माघ,काठमाण्डौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्ण प्रसाद सिटौला ,प्रदीप पौडेल निकटका विद्यार्थी हरुको समूहले ने.बि. संघ को विघटन होइन महाधिवेशनू भन्दै नेतृत्वलाई दवाव दिएको हो ।
पुर्ब केन्द्रिय सदस्य सुशिल भट्ट ,रत्नहरी ढुंगेल ,नबराज त्रीपाठी, पुर्ब सहमहामन्त्री परमेश्वर साह ,तरुण नेता भाग्बत रेग्मि,विद्यार्थी नेताहरू हरी आचार्य ,इ।दिपेन्द्र क्षेत्री,दीपक ओझा,जिबन राना,बिनोद बराल,किरण भट्टराई ,सन्तोष गुरुङ लगायतका विद्यार्थी नेताहरुको नेतृत्वमा विद्यार्थी पार्टी कार्यालय सानेपा अगाडि भेला भइ नेतृत्वलाई नेविसंघको झण्डा ड्रइङ गरेर पार्टी सभापतिदेखि केन्द्रीय कार्यासम्पादन समिति सदस्य समेतलाई महामन्त्री बिस्बप्रकास शर्मा र मुख्य सचीव कृष्ण पौडेल माफर्त बुझाएको संघका नेता इ।दिपेन्द्र क्षेत्रीले बताए ।
उनीहरुले केन्द्रीय कार्यसमितिका सदस्यसमेतलाई नेविसंघको झण्डासहितको ूने।बि।संघको महाधिवेशन सुनिश्चित गर’ लेखिएको ड्रइङ बुझाउने छन् ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले लामो समय महाधिवेशन हुन नसक्दा अन्योलता भएको भन्दै नेतृत्वलाई दवाव दिन रचनात्मक विधि अपनाइएको बताए । उनले फुलिस्केप कागजमा नेविसंघको झण्डासहितको पेन्टिङ गरेर नेतृत्वलाई दवावसहित दिइएको जानकारी दिए ।
- ADVERTISEMENT -
संघका नेता सुबास घिमिरेले छिटोभन्दा छिटो महाधिवेशन हुनुपर्छ भन्ने आफूहरुको धारणा रहेको भन्दै सोहीअनुसार नेतृत्वले वातावरण बनाउनुपर्नेमा जोड दिए । पार्टी कार्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको महाधिवेशनसहित विभिन्न विषयमा छललफल हुने कार्यक्रम रहेको छ । नेविसंघको महाधिवेशनको माग गर्दै विद्यार्थीहरुले यसअघि नै नेताहरुको ध्यानाकर्षण समेत गराउँदै आएका संघका नेता इ।दिपेन्द्र क्षेत्रीले जानकारी दिएकाछन् ।