काठमाडौं, बिहिबार, २७ माघ २०७८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यस होटलमा रहेको क्यासिनो बन्द गर्न निर्देशन दिनु भएको छ ।
मन्त्री आलेले मन्त्रीस्तरीय निर्णयका आधारमा त्यस्तो निर्देशन दिनु भएको हो । मन्त्रीको निर्देशनसँगै पर्यटन विभागले होटल तथा क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।
होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बाकी रहेको र त्यसका लागि पटक पटक ताकेता गर्दा पनि नतिरेपछि बन्द गर्न निर्देशन दिइएको हो ।
बुझाउन बााकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते मन्त्री आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने मन्त्रीस्तरीय निर्णय गरिएको हो ।
मन्त्री आलेले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेका छन् । यो निर्णयले होटल याक एण्ड यतिको पाँच तारे होटलको वर्गीकरण पनि रद्द भएको छ ।









































