Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:४२ बिहान
- ADVERTISEMENT -

चुनाव चर्चा : भिमसेनथापा गाउपालिकाको अध्यक्ष पदका लागि कांग्रेसबाट ६ जना भन्दा बढीको दाबी

प्रकाशित मिति: २०७८ माघ २६, बुधबार

3969
Shares

गोरखा । सरकारले स्थानीय तहको चुनावको मिति तोकेसङै गोरखाको भिमसेनथापा गाउँपालिका मा नेपाली कांग्रेसबाट पालिका अध्यक्षको उमेद्वार बन्ने अकांक्षी नेताहरू सक्रिय हुन थालेका छन् ।

अध्यक्ष पदका लागि कांग्रेसबाट मात्रै ६ जना भन्दा बढीले उमेद्वारका लागि अकांक्षा देखाएका छन् ।

२०७४ सालमा नेपाली कांग्रेसकै ईस्वर पाण्डे विजयी भएका थिए । वर्तमान अध्यक्ष पाण्डे आफै दोहोरिने पक्षमा छन् । उनले सिमपानी न्युजसङ कुरा गर्दै भने,“ पार्टीले निर्णय गरे म अझै उमेद्वार बन्न तयार छु, एकपटक फेरि जनताका लागि काम गर्ने इन्छा छ ।”

नेपाली कांग्रेस भिमसेनथापा गाउपालिकाका सभापति नारायण भट्टराईले पनि भिमसेनथापा गाउपालिकाको अध्यक्षको उमेद्वार बन्ने अकांक्षा राखेका छन् । उनी भिमसेनथापा गाउपालिका वडा नं. २ का अध्यक्ष समेत रहेका छन । उनी भन्छन,“अध्यक्षका लागि मेरो स्वत दाबी छ र जितका लागि मेरा आधार तयार छन् ।” भट्टराई युवा पुस्तामाझ एकदमै लोकप्रिय नेताका रुपमा देखापरेका छन ।

नेपाली कांग्रेसका भिमसेनथापा गाउपालिकाको अध्यक्ष पदका लागी ठाकुर भट्ट अर्का उमेद्वारका दाबेदार हुन् । उनले अब भिमसेनथापा गाउँपालिकालाई युवाको खाँचो रहेको भन्दै आफूले उमेद्वारी दाबी गर्ने बताए । उनले भने,“ पालिकाका लागि अब युवाको खाँचो छ र त्यसका लागि म योग्य उमेद्वार हुँ ।” भट्ट २ दशक भन्दा अघि देखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिको रुपमा लागिपरिरहेका छन ।

लामो समय कांग्रेस राजनीतिमा सक्रिय लुमनाथ लामिछानेले पनि भिमसेनथापा गाउपालिका अध्यक्षका लागि आफू स्वभाविक उमेद्वार भएको बताए । उनले भने,“उमेर ढल्किदैँ छ ,अब पनि राजनितिमा सक्रिय हुन सकिन भने मैले आफूले परिकल्पना गरेको पालिका बनाउने सपना अधुरो रहन्छ, त्यसैले अध्यक्षको उमेद्वारको लागि मेरो दाबी छ ।” उनी हाल नेपाली कांग्रेस जिल्लाको सह-सचिव का रुपमा छन ।

युवाहरु माझ लोकप्रिय बन्दै आएका युवा नेता रोशन गुरुङले पनि उम्मेदवारी दिने बताएका छन । उनले सिमपानी न्युजसङ कुरा गर्दै भने,“ युवाहरुको र पार्टीको चाहाना यसपटक मलाई उम्मेदवार बनाएर पालिकाको कार्याकाल सम्हाल्ने योजना छ , अब हेरौ के हुन्छ । युवाहरु राजनीतिमा आउनुपर्छ भन्नको लागि नै मेरो उम्मेदवारी रहनेछ ।

कांग्रेसबाटै तारा पुडासैनीले पनि उमेद्वार बन्ने आकांक्षा राखेका छन् । यसपटक पार्टीले विश्वास गर्ने उनको भनाई थियो । उनको भनाई थियो,“यसपटक अध्यक्षको उमेद्वारी दिने हो पार्टी र जनताले मलाई खुलेर सहयोग गर्ने विश्वास छ ।” भिमसेनमा कांग्रेसबाटै ६ जना आकांक्षी देखिएपनि वर्तमान अध्यक्ष ईश्वर पाण्डे र ठाकुर भट्ट बिच टिकट पाउनकै लागि कडा प्रतिस्प्रधा हुने नेपाली कांग्रेस गोरखा भित्र चर्चा छ ।

२०७४ को चुनावी परिणाम कस्तो थियो ?

भिमसेन गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका इश्वर पाण्डे निर्वाचित भएका थिए । उनले ३ हजार ९४३ मत पाउदैं निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी माओवादीका लाेकप्रसाद बन्जारालाई हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । बन्जाराले २ हजार ९८४ मत पाएका थिए । एमालेका सुरेश बाबु श्रेष्ठले १ हजार २५५ र नयाँ शक्तिका चित्रकुमार श्रेष्ठले १ हजार ११४ मत पाएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी विनु वाग्ले निर्वाचित भएकी थिइन् । उनले ३ हजार ९८३ मत पाएका थिइन् भने उनकाे निकटमत प्रतिद्वन्द्वी माओवादीका लिला श्रेष्ठ रहेकी थिइन् । उनले ३ हजार २०२ मत पाएकी थिइन् । एमालेकी कविता अर्याल १ हजार २७० र नयाँ शक्तिका मिलन न्याैपाने (देवकाेटा)ले ९१३ मत पाएका थिए । गठबन्धनमा रहेका नेपाली कांग्रेस,माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) मध्य कांग्रेसको बढी प्रभाव रहेकाले भिमसेनथापा गाउपालिका कांग्रेसको भागमा पर्ने छ भने चुनाव जित्न केही सहज देखिन्छ ।

त्यसैले कांग्रेसभित्र पनि अध्यक्ष उमेद्वारका आकांक्षी धेरै देखिएका छन् ।

सानुकाजी बानियाँ , विदेस नराल , युवराज बस्ताकोटी , विश्व भट्ट , बासु थापा , हरि पाण्डे , बासु भट्ट पनि अध्यक्ष पदका आकांक्षी मानिदै आएको स्रोतले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -