काठमाडौं, बुधबार, २६ माघ २०७८ । आगामी स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको सम्भावित प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन भएको छ ।
बुधबार निर्वाचन आयोगले बैशाख ३० हुने स्थानीय निर्वाचनका विषयमा नेपाल सरकारका आइटी विज्ञहरूसँग छलफल गरेको थियो । उक्त छलफल पश्र्चात समिति गठन भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल झाको संयोजकत्वमा सात सदस्य कार्यदल गठन भएको छ । उक्त कार्यदलले सात दिनमा अध्ययनको रिपोर्ट सात दिनभित्र आयोगमा बुझाउँनुपर्ने छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल सरकारका आइटी विज्ञहरूसँग छलफलपछि अध्ययन गर्न कार्यदल गठन भएको जानकारी दिनुभयो ।








































