Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:२७ दिउँसो
- ADVERTISEMENT -

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका व्यक्तिको गुनासोलाई समयमै सम्बोधन

प्रकाशित मिति: २०७८ माघ २४, सोमबार

504
Shares

काठमाडौँ, माघ २४ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका व्यक्तिको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुभएको छ ।
आइतबार विभागको कार्यालयलाई अनुगमन गर्नुहुँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा ठगिएका व्यक्तिको गुनासो सक्दो छिटो समाधान गर्न विभागलाई निर्देशन दिनुभएको हो ।

विदेशबाट ठगिएर आएका युवाको समस्या समाधानमा विभागका कर्मचारीले चासो नदेखाएको कुरा आफूले अनुगमनका क्रममा पाएको बताउँदै मन्त्री श्रेष्ठले विभागमा कार्यरत कर्मचारीलाई आफ्नो कार्यशैलीमा सुधार गर्न निर्देशन दिनुुभयो । “श्रम मन्त्रालयका तर्फबाट हाम्रो अनुरोध छ, समस्यामा परेर आएका युवाको गुनासो तत्काल लिइदिनुस् । कर्मचारीले गुनासो सुनेर समाधानको बाटो यो हुनसक्छ भन्दा प्रभावित युवाको ५० प्रतिशत घाउमा मलम लाग्छ,” विभागका महानिर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिनुहुँदै मन्त्री श्रेष्ठले भन्नुभयो, “श्रम सचिव एकनारायण अर्यालसहित मैले विभागको अनुगमन गर्दा विभागका कर्मचारीबाट सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको भन्ने हामीले गुनासो पायौँ, यस प्रकारको बेथितिलाई तुरुन्त सुधार्नुस् । ”

सो क्रममा उहाँले वैदेशिक रोजगारीका क्रममा ठगिएर न्यायका लागि विभाग आएका युुवाको समस्या के कसरी सक्दो छिटो समाधान गर्न सकिने हो त्यसबारेमा कर्मचारीसँग छलफल गरेर मन्त्रालयमा प्रतिवेदन पेस गर्नसमेत निर्देशन दिनुुभयो । उहाँले भन्नुभयो, “विभागको कार्यलाई चुस्त दुरुस्त बनाउन के अभाव छ भन्नुहोस्, उपलब्ध गराउँछौँ तर सेवाग्राहीलाई सेवा दिँदा कुनै बहाना बनाउनु हुँदैन । ”

यसैबीच मन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र नेपालीको व्यवस्थापनका लागि आउने साता यूएई जानुहुने भएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लाग्नुभएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)का राजदूत साइद हमदान अल नाकीसँग आइतबार मन्त्रालयमा छलफलसमेत गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पु-याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -