Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:१९ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै

प्रकाशित मिति: २०७८ माघ २३, आइतबार

629
Shares

काठमाडौं, माघ २३ गते । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता हुँदैछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे भेट हुने कार्यतालिका तय भएको छ । यद्यपि भेटका विषयवस्तु भने बाहिर नआएको सचिव अधिकारीले बताउनुभयो ।

यता, माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच ४ बजे भेटवार्ता हुन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजे उहाँहरुबीच भेटवार्ता हुन लागेको हो ।

राष्ट्रिय राजनीतिमा आगामी निर्वाचन र अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे गम्भीर बहस भइरहेको अवस्थामा प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेट हुन लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -