काठमाडौं, २३ माघ २०७८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन्।
एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएको बेला ओली बालुवाटार जान लागेका हुन् । अध्यक्ष ओली अपरान्ह ४ बजे बालुवाटार जाने उनको सचिवालय स्रोतले जनाएको छ।
भेटमा स्थानीय तह चुनाव र एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी हुने बताइएको छ । जेठ ५ गतेअघिनै चुनाव सम्पन्न गर्नेगरी मिति तोक्न एमालेले सरकारलाई दबाब दिइरहेको छ ।