काठमाडाैँ, शनिबार, २२ माघ २०७८ । पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका-१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खादा गाडीमा आगलागी भएको थियो । दुर्घटनापछि आगलागी हुँदा चालकसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले बताए । अनुसार घटनामा दुई दर्जन बढी यात्रु घाइते भएका छन् ।
घाइतेको इनरुवा अस्पतालमा र केही गम्भीर अवस्थाका बिरामीलाई थप उपचारकालागि विराटनगर पठाइएकाे छ । प्रहरीले सो घटनाको पूर्ण विवरण भने आउन बाँकी रहेको जनाएको छ ।








































