- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी : जेठ ४ मा स्थानीय तहको निर्वाचन

February 1, 2022
376
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, १८ माघ २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ ।

आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो ।

निर्वाचन आयागले जेठ ५ गते अगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको एक आयुक्तले बताउनु भयो ।

जसमा आयोग सकारात्मक बनेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ ।

- ADVERTISEMENT -

Advertisement

केहीबेरमा विज्ञप्ति निकाल्ने आयोगको तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com