गोरखा (घ्याल्चोक), सोमबार, १७ माघ २०७८ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ का कृषकहरुलाई कृषिऔजार वितरण गरिएको छ ।
वडा कार्यालयले ५० प्रतिशत अनुदानमा कुटानी, पिसानी, छोडाउनी, घाँस काट्ने, मह काढ्ने लगायतका कृषि औजारहरु वितरण गरिएको वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।
एक कार्यक्रमका विच वडाध्यक्ष तुलसी रेग्मीले किसानलाई कृषिऔजार वितरण गर्नु भयो । आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम अनुसार कृषिऔजार वितरण गरिएको थियो ।








































