१७ माघ, काठमाडौं ।
नेपाली काँग्रेस निकट विद्यार्थीले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन छिटो गर्न दबाव दिएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका विद्यार्थीले नेविसंघको महाधिवेशन तत्काल गर्न नेताहरूलाई आग्रह गरे ।
उनीहरूले नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई पत्र बुझाउँदै छिटोभन्दा महाधिवेशनको निर्णय गर्न आग्रह गरेका छन् ।
- ADVERTISEMENT -
कांग्रेस केन्द्रीय सदस्य महरले भातृ संस्थाहरूको महाधिवेशन गराउन आफूहरूले पनि पदाधिकारीहरूलाई दबाव दिएको बताए ।