Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४५:५९ बिहान
- ADVERTISEMENT -

एमसीसी सम्झौता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल

प्रकाशित मिति: २०७८ माघ १७, सोमबार

621
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।

भेटमा सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले भन्यो ।

कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनमा एमसीसीको विषय पेचिलो बन्न गएको देखिन्छ । गठबन्धन दलकै शीर्षनेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ । एमसीसी अनुमोदन गर्ने वा नगर्ने जिम्मेवारी संसद्को नै भएको भन्दै देउवा निर्णायक पहलमा जुटेका छन्  भने प्रचण्ड अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने अडान राख्दै आएका छन ।

गठबन्धनको साझा धारणा बनाउन भन्दै एकीकृत समाजवादीका नेता झलनाथ खनालको नेतृत्वमा रहेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छैन । अहिलेसम्म ३ पटक कार्यदलको बैठक बसेको छ । कार्यदलका खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठ परिमार्जनको पक्षमा छन् भने सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको जोड यथास्थितिमै एमसीसी अगाडि बढाउनेमा छ । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सम्झौता खारेजीको पक्षमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -