माघ १६, गोरखा
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा मुख्य कार्यलय भवन, प्रहरी कर्मचारी व्यारेक, प्रहरी मेश र हिरासत गरि छुट्टाछुट्टै ६ ओटा सुविधायुक्त पक्कि भवनको आज उद्घाटन गर्नु भएको छ ।
आफ्नो इमान्दारीता र जिम्मेवारीका लागि सवैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।
आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवम् विश्वास गरेको प्रसंग उल्लेख गर्दै उहाँले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिकाटिप्पणीका आधारमा मूल्यांकन नगर्न नहुनेमा जोड दिनुभयो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रहरीले सांगठानिक जिम्मेवारी पुरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिनुभयो ।


















