काठामाडौं, शुक्रबार, १४ माघ २०७८ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर-विजोर प्राणली हटेको छ ।
आज शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोर-विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ ।
सो निर्णय आज मध्यरातिबाट नै लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताउनु भयो ।
- ADVERTISEMENT -
यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो ।