काठमाडौं, १३ माघ २०७८ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज गोरखामा ९, मुस्ताङमा १, म्याग्दीमा ३२, कास्कीमा २८९, लम्जुङमा ५६, तनहुँमा ३९, नवलपरासीपूर्वमा ३०, स्याङजामा ९९, पर्वतमा ४५ र बाग्लुङमा ११७ गरी ७१७ जना संक्रमित थपिएका छन् ।
त्यसैगरी आज पोखरा महानगरपालिका ३३ की ५९ वर्षीया महिला र ९ का ६४ वर्षीय पुरुष गरी २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।








































