Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:३८:१३ बिहान
- ADVERTISEMENT -

मेलौली नगरपालिका-५ का किसानले पालेका बाख्रा मर्दै

प्रकाशित मिति: २०७८ माघ १०, सोमबार

625
Shares

बैतडी । बैतडीको मेलौली नगरपालिका-५ का किसानले पालेका बाख्रा मर्दै गएकाछन् । केही दिनसम्म खोक्ने, हाच्छ्युँ गर्ने, टाउको सुन्निने, आख्रामा पिप्रा आउने तथा र्‍याल काढ्ने लक्षण देखिएपछि मर्न थालेको मेलौली-५ का गंगा पोख्रेलले बताए ।

‘एक महिनाको अवधिमा मैले पालेका पाँच बाख्रा मरिसकेका छन् । एक खसी त करिब ४० किलोको थियो । बेच्न ठिक्क भएका खसी बाख्रा मरेपछि मलाई झण्डै एक लाख रुपयाँ बराबरको नोक्सान भयो । बाख्रा मर्न थालेपछि व्यवसाय संकटमा परेको छ ।’

गत एक महिनाको अवधिमा मेलौली-५ का करिब २० बाख्रा मरिसकेको स्थानीय किसान भरत पोख्रेलले बताए । उनले भने,‘कसैका एक/दुई बाख्रा मरेका छन् भने, कसैका चार/पाँच बाख्रा मरेकाछन् । अधिकांश किसानका बाख्रा अझै पनि बिरामी भएका छन् ।’

बाख्रामा एक्कासि आएको रोगले पशुपालन व्यवसाय नै संकटमा परेको अर्का किसान वीरेन्द्र पोख्रेलले बताए । नगरपालिकाको पशु शाखामा खबर गरेर खोप लगाएको र खोप लगाए पनि केही बाख्रा मरेको उनले बताए ।

केही बाख्रामा समस्या देखिएपछि वडामा रहेका पशु प्राविधिकलाई समस्या बारे जानकारी लिन गाउँमा पठाएको नगरपालिकाका कृषि शाखा प्रमुख कमलापति भट्टराईले बताए । बाख्राहरूमा निमोनियाका जस्ता लक्षण देखिएको उनले बताए ।

बाख्रामा जटिल समस्या देखिएको मेलौली-५ का वडाध्यक्ष बलभद्र दयालले बताए । बाख्राहरूमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकार र संघ सरकारको कृषि मन्त्रालयसँग उनले आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -