काठमाडौँ, सोमबार, १० माघ २०७८ । गृहमन्त्री बालकृष्ण खाँडले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, उद्धार, राहत विरतणलगायत क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
२१ ससस्त्र प्रहरी दिवसका अबसरमा उहाँले यस्तोबताउनुभएको हो । उहाँले कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा रहेर एपिएफ अस्पतालमार्फत सङ्क्रमितहरुको उपचारमा पु¥याएको योगदानले धेरैले पुनर्जन्म पाएको स्मरण पनि गर्नुभयो ।
गृहमन्त्री खाँडले सशस्त्र प्रहरी बल, नेपालले हर्षोल्लासका साथ मनाइरहेको २१औँ सशस्त्र प्रहरी दिवस विशेष अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई अझ कटिबद्ध र क्रियाशील रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन पनि दिनुभयो ।
सोही क्रममा उहाँले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बस्नेतलाई योगदानको सम्मान गर्दै उहाँकी श्रीमती लक्ष्मी र छोरा जनकराजलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो ।
- ADVERTISEMENT -