- ADVERTISEMENT -

थानकोट जेसीज र प्रहरीको सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान जारी

January 23, 2022
528
Shares
- ADVERTISEMENT -


काठमाडौँ, ९ माघ ।

‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान अन्तर्गत दोश्रो दिन थानकोट बजारमा कार्यक्रम गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ दोश्रो दिन थानकोट बजारमा कार्यक्रम गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement


थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबारदेखि सो अभियान सुरु गरेको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक रामप्रसाद साप्कोटाले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान फलदायी ह’ने विश्वास व्यक्त गरे । उनले भने, “प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो । ”


कार्यक्रममा चन्द्रागिरि वडा नम्वर ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्की शाहीले कोरोना महामारी नियन्त्रण, रोकथाम र जनचेनामूलक कार्यक्रमको पहिलो दायित्व स्थानीय सरकारको भएको बताए । उनले यो अभियानले आम नागरिकलाई कोरोनाबाट बच्न र बचाउँने जेसीजका अभियान कर्तालाई धन्यवाद व्यक्त गरे ।


सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई थानकोट बजारमा ११ सय मास्क वितरण गरिएको थियो । अभियान नागढुङ्गा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथानालगायतका क्षेत्रमा माघ ११ गते सम्म सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -