काठमाडौँ, ९ माघ
काठमाडौँको ठमेलमा सञ्चालन आएको रमदा इन्कोरले स्थापनाको एक वर्षमा कोरोना महामारीकाबीच पनि स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्धनमा उल्लेख्य प्रगती हासिल गरेको छ । अमेरिकाको वाईनहेम होटल गुप्रको चेन होटलका रुपमा सन् २०२१ जनवरी ८ मा सञ्चालनमा आएको रमदा इन्कोरले आफ्नो स्थापनाको एक वर्षमा स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्धनमा उल्लेख प्रगती हासिल गरेको हो ।
विश्वव्यापी फैलिएको कोरोना महामारीका बीचमा सञ्चालनमा आएको उक्त होटलले चुनौतीका बाबजुद पनि आफूलाई व्यवसायमा अब्बल तुल्याउन सफल भएको छ ।
होटलका महाप्रबन्धक महेश फुयाल स्वदेशी तथा विदेशी पर्यटकललाई गुणस्तरीय आवास, स्वादिष्ट खाना तथा भरपुर मनोरञ्जन प्रदान गर्दै आइरहेको बताउनुभयो । “हामीले पर्यटकको इच्छा र
चाहनाअनुसार गुणस्तरीय सेवा प्रदान गर्न सकेको र उहाँहरुले हामीलाई दिनुभएको माया र सद्भावका कारण हामी अगाडि बढ्न सफल भएका हौँ,”– महाप्रबन्धक फुँयालले भन्नुभयो ।
- ADVERTISEMENT -
उक्त होटलको स्थापनाको एक वर्षमा पाहुनाहरुसँग गरिएको सन्तुष्टि सर्वेक्षण नतिजाको मापन ९स्कोर० ९० प्रतिशत रहेको छ । उक्त नतिजाले पनि आफूहरुलाई सेवाको क्षेत्रमा उत्साहित बनाएको महाप्रबन्धक फुँयालको भनाई छ । रु दुई अर्ब ५० करोड लगानीमा सञ्चालनमा आएको उक्त होटलमा हाल दुईवटा रेष्टुरेन्ट, ९० वटा रुम, एक रुपटप स्वीमिङ पुल, जीम हल, दुईवटा कन्फरेन्स हल रहेको छ । उक्त होटलले एक महिनाभित्रै स्पा सेन्टर सञ्चालन गर्नेगरी तयारी थालेको छ ।
अमेरिकाको चेन होटलका रुपमा अगाडि बढेको रमदा काठमाडौँले विभिन्न मुलुकका खानालाई समेटेको छ । उक्त होटलले हाल अरविक, युरोपियन, पान एशिएन, मेडिटरेनीयन र इण्डियन खानालाई प्रवद्र्धन गरिरहेको होटलका प्रमुख सेफ मनोज आलेले बताउनुभयो ।
मध्यम वर्गदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा आएको उक्त होटल विश्वमा नौ हजारभन्दा बढी रहेका छन् । विश्वका ८० भन्दा बढी देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन् । नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेका छन् ।