काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायका परीक्षा स्थगित गरेको छ ।
कोभिड संक्रमण बढेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयले ९ माघदेखि माघ मसान्तसम्म लिइने भनिएका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले बिहीबार मात्रै परीक्षा स्थगित गरेको जनाएको थियो ।