काठमाडौं, ७ माघ २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संवैधानिक व्यवस्थाअनुसार नै स्थानीय तहको निर्वाचन गरिनुपर्ने बताएका छन् ।
संविधानले भनेअनुसारकै समय सीमाभित्र रहेर निर्वाचन गरिनुपर्ने बताउनु भएको छ ।
क्रमवद्ध रूपमा स्थानीय, प्रदेश र संघीय निर्वाचन गरिनुपर्ने उनको भनाइ छ।
वैशाखमा कुन निर्वाचन गर्ने भन्नेमा सत्तारूढ गठबन्धनभित्र एकमत हुन सकिरहेको छैन।









































