Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:२४ बिहान
- ADVERTISEMENT -

प्रदेशको नाम नसच्याए आन्दोलन गर्ने चुरेभावर लोकतान्त्रिक पार्टीको चेतावनी

प्रकाशित मिति: २०७८ माघ ६, बिहीबार

591
Shares

माघ,६ काठमाडौं


काा प्रदेश नम्बर २ ले प्रदेशको नाम मधेश राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।


प्रदेश नम्बर २ ले सोमबार प्रदेशको नाम मधेश राखेपछि त्यो प्रदेशमा आन्दोलन भएको छ । पार्टी अध्यक्ष भूमिराज निरौलाद्धारा आज प्रकाशित विज्ञप्तीमा प्रदेशको नाम नसच्याई कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

२०६२–०६३ सालमा चुरेभावर पार्टीले आन्दोलन गर्दा तत्कालीन सरकारले मुलुक संघीयतामा गएपछि यो प्रदेशको नाम चुरेभावर राख्ने सहमति जनाए पनि अहिले आएर कार्यान्वयन नगरेकोमा पार्टीले आपत्ति जनाएको हो ।

पार्टीले नाम नसच्याउँदा चुरेभावरमा बसोबास गर्ने र चुरेभावरको आन्दोलनमा लागेकाहरुको भावनामाथि प्रहार भएको पनि जनाएको छ । पार्टीले केही दिनमै पहिचानको लागि आन्दोलन गर्ने र त्यसबाट उत्पन्न भएको परिस्थितिको जिम्मेवार सरोकारवाला निकाय नै हुनुपर्ने पनि स्पष्ट पारेको छ ।

पार्टीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई र पहाडबीचको मेरुदण्डको रुपमा रहेको भावर प्रदेशको नाम निशाना समाप्त गर्न खोजिएकोमा समेत आपत्ति जनाएको छ ।
२०६२–०६३ सालमा ४० लाख गैर नागरिकलाई नागरिकता दिनुको परिणाम नै यो भएको पनि पार्टीको ठहर छ ।

पार्टीले गैर कानुनी ढंगले वितरण गरिएका नागरिकता खारेज गर्न पनि माग गरेको छ । पार्टीले केही समयदेखि तराइमा जनमत पार्टीको हवाला दिँदै आन्दोलनको नाममा पहाडी समुदायको पहिचान गरी मानसिक र शारीरिक यातना दिनुका साथै सवारी साधन तोडफोड गरेको घटनामा पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

राज्यले त्यस्ता समूहलाई कानुनी दायरामा नल्याए आन्दोलन गर्ने पार्टीले चेतावनी दिएको छ । पार्टीले आफूहरु सधैं राष्ट्रिय एकता र अक्षुणताको पक्षमा सक्रिय रहेको पनि स्पष्ट पारेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -